images

दसैंका लागि १० अर्बका नयाँ नोट साट्दै राष्ट्र बैंक, अनलाइन भुक्तानी गरेर पनि नयाँ नोट पाइने

काठमाडौं । आज (सोमबार) देखि दसैंका लागि चाहिने नयाँ नोट साट्न पाइने भएको छ ।

दसैं आइतबारदेखि सुरु भएपनि नेपाल राष्ट्र बैंकले सोमबारदेखि मात्र नयाँ नोट साट्ने सुविधा दिएको छ ।

यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट छापिएको छ। राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन् ।

विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएका थिए ।

यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ । हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुने बताइएको छ ।