images

चाडपर्वमा इसेवाबाट कारोबार गर्दा यामाहा मोटरसाइकल जित्ने अवसर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले दशैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ‘इसेवा डिजिटल उत्सव’- हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।

यस अफसर अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने कम्पनीले बताएको छ ।

यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँको खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा दुई जनाले यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सक्नेछन् ।

इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन् ।