images

मकवानपुरमा गुडिरहेको अटो र स्कुटर अनियन्त्रित हुँदा एक दिनको अन्तरमा दुई दुर्घटना, १ को मृत्यु, ८ घाइते

मकवानपुर । मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

घटनामा मकवानपुर गढी-७, सुकौराकी २३ वषर्षीया मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वषर्षीया दिलमाया योञ्जन, हिरामाया योञ्जन र विकाश योञ्जन मुक्तान घाइते छन् ।

घाइतेमध्ये मनिताको छाती र बायाँ हातमा चोट लागेको छ भने उनकी दुई महिने छोराीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये ५ जनाको डिस्चार्ज भएको छ भने दुई जनाकेा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसअघि बुधबार साँझ मकवानपुरको भिमफेदीमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको थियो भने, श्रीमान घाइते भएका थिए ।