images

प्रतियोगिता भर दुई खेल जितेको युएई च्याम्पियन, चार खेल जितेको नेपाल स्तब्ध

काठमाडौं । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।

सिरिजमा युएईको यो दोस्रो जित हो भने नेपालको पहिलो पराजय हो ।

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गरेका थिए ।

६८ रन जोड्दा ३ विकेट गुमाएको नेपालको पारी कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ४० रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरे । तर, १३औं ओभरमा दुवै जना आउट भए पछि नेपालको पारी नै धरमराएको थियो ।

नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन मात्र बनाउन सक्यो ।

युएई विरुद्ध नेपालका अभिनास बोहरा र गुल्सन झाले २/२ विकेट लिएका थिए ।

यसअघि लिग चरणमा नेपालले युएई र हङकङ दुवैलाई २/२ पटक हराएको थियो भने युएईले हङकङलाई एकपटक मात्र पराजित गरेको थियो ।