images

टाटा समूहले भारतमै आईफोन बनाउने, साढे १२ करोड डलरमा डिल पक्का

भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने भएको छ ।

समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले बताएका छन् ।

विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो । टाटा समूह पछिल्लो एक वर्षदेखि यो प्लान्ट खरिद गर्न चाहन्थ्यो । शुक्रवार दुई कम्पनीबीच डिल पक्का भएको चन्द्रशेखरले बताएका छन् ।

प्लान्ट स्रोतले गराएको जानकारी अनुसार अनुमानित १२ करोड ५० लाख अमेरिकी डलरमा डिल भएको छ ।

चन्द्रशेखरले भने, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि आईफोन बनाउन सुरु गर्नेछ ।” रासस