images

नेपाल पुगे लगत्तै शिष्टाचार भेटघाटमा व्यस्त भए संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ । उपप्रधानमन्त्री खड्कासँग गुटरेसले रक्षा मन्त्रालयमा भेट गरेका हुन् ।

यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् ।

आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै जसो शिष्टाचार भेटघाटका कार्यक्रम रहेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ ।

त्यसपछि भने गुटरेस पोखरा, लुम्बिनी, अन्नपूर्ण लगायतका नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय सम्पदाको भ्रमणमा व्यस्त हुने छन् । रासस