images

इजरायल-हमास युद्ध : मृतकको संख्या १० हजार नाघ्यो, गाजामा मात्रै ८ हजार ५०० बढीको मृत्युु

काठमाडौं । इजरायल- हमास युद्धमा हालसम्म १० हजार मानिसले ज्यान गुमाएका छन् ।

गाजामा मात्रै इजरायली आक्रमणबाट ८ हजार ५०० बढी प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ५०० बढीको मृत्यु भएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । एजेन्सी