images

१२ वर्षको अन्तरालमा दोस्रोपटक एसियामा आयोजना हुँदै विश्वकप फुटबल

काठमाडौं । २०२२ को फिफा विश्वकप आयोजना भएको एसियामा १२ वर्षको अन्तरमा दोस्रोपटक विश्वकप आयोजना हुने भएको छ ।

२०३४ को विश्वकप फुटबलको महाभिडन्त एसियाली देश साउदी अरेबियामा हुने अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गरेको छ ।

विश्वकप आयोजनाको दौडमा रहेको अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेसँगै साउदी अरब निर्विकल्प आयोजक बनेको हो ।

सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ ।

यो अधिकार साउदीले पाएसँगसँगै १२ वर्षमै दोस्रो पटक एसियामा विश्वकप आयोजना हुने भएको हो । यसअघि गत वर्ष मात्रै कतारले विश्वकपको सफल आयोजना गरेको थियो ।

साउदी अरबले विश्वकप आयोजनाका लागि वातावरण बनाउन यूरोपका ठूला लिग खेलीरहेका स्टार खेलाडीहरुलाई धमाधम साउदी लिगमा आवद्ध गराइरहेको छ ।

गत वर्ष म्यानचेस्टर युनाइटेडबाट खेलीरहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी लिगमा भित्र्याएकोमा यो वर्ष, नेयमार, बेन्जेमा लगायतका दर्जनौ स्टार खेलाडीलाई साउदी अरबको लिगमा आवद्ध गराइसकिएको छ ।

सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा आयोजना हुँदै छ । एजेन्सीको सहयोगमा