images

टी-२० विश्वकप एसिया छनोट : विश्वकपमा पुग्न नेपालले यूएईलाई हराउनु पर्ने

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ ।
यो सँगै विश्वकपमा स्थान बनाउन नेपालले यूएईलाई प्रतिद्वन्दी पाएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले ओमनलाई १४५ रनको मध्यम स्कोरमा रोकेको थियो । तर, जवाफी ब्याटिङमा आएको नेपालले लगातार विकेट गुमाउँदा अन्तिम ओभरमा जितका लागि २६ रन चाहिने अवस्था बनेको थियो ।

अन्तिम ओभरमा २ विकेट गुमाउँदै २० रन मात्र जोड्न सकेपछि नेपाल ५ रनले पराजित भएको हो ।