images

टी-२० विश्वकपमा पुग्न नेपालले १२० बलमा १३५ रन बनाउनुपर्ने

काठमाडौं । नेपालले टी–२० विश्वकपमा छनोट हुन २० ओभरमा १३५ रनको लक्ष्य पाएको छ ।

युएईले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमा समेटिएपछि नेपालले १३५ रनको लक्ष्य पाएको हो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका लागि कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।