काठमाडौं । युएई विरुद्धको खेलमा कुशल मल्लले नेपाललाई चौथो सफलता दिलाएका छन् ।
उनले व्यक्तिगत दोस्रो तथा खेलको १४ औं ओभर बलिङ गर्ने क्रममा युएईको विकेट लिएका हुन् ।
यस अघि सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए । एक जना खेलाडीलाई सोमपालले रन आउट गरेका थिए ।
१५ ओभरको समाप्तीमा युएईले ४ विकेटको क्षतिमा ९४ रन जोडेको छ ।