images

१० तस्वीरमा हेर्नुहोस नेपाल १० वर्षपछि विश्वकप पुग्दाको क्षण

काठमाडौं । नेपालले युएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि दोस्रोपटक टी-ट्वान्टी विश्वकपमा छनोट भएको छ ।

मुलपानी क्रिकेट रङ्गशालामा भएको खेलमा युएईले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको थियो । नेपालले मात्र दुई विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो ।

नेपाल क्रिकेट संघले मुलपानी रङ्गशालामा दर्शक क्षमता धेरै नभएकोले घरै बसेर खेल हेर्न अनुरोध गरेको थियो । तर, दर्शकहरु भने घरको छत छतमा बसेर खेल हेरिरहेका थिए ।

कोही सडकमा गाडी रोकेर गाडी माथि बसेर खेल हेरिरहेका थिए । नेपाल विश्वकपमा छनोट भएपछि दर्शकहरुले अविरजात्रा नै गरेका थिए ।

हेर्नुहोस तस्वीरहरु

तस्वीरहरु : क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)