images

टी-२० विश्वकप एसिया छनोट फाइनल : ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले आज त्यसको बदला लिँदै उपाधि जित्ने लक्ष्य लिएको छ ।