images

नेपालले १० ओभरमा ६० रन जोड्दा ४ विकेट गुमायो

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले चौथो विकेट पनि गुमाएको छ ।

असिफ शेखलाई ६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालले सन्दीप जोरालाई १० रन, कुशल भुर्तेलललाई व्यक्तिगत ३१ र कुशल मल्ललाई व्यक्तिगत ३ रनमा गुमाएको हो ।

क्रिजमा अहिले रोहित पौडेल र गुल्सन झा छन् । १० ओभरको समान्तीमा नेपालले ६० रन बनाउँदा ४ विकेट गुमाएको हो ।