images

नेपालका लागि गुल्सन झाले २० बलमै पूरा गरे अर्धसतक

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा गुल्सन झाले २० बलमै अर्धसतक पूरा गरेका छन् ।

ओमन विरुद्ध टस जितेर ब्याटिङ गरिरहेको नेपालले ४ विकेट गुमाएर ६० रन मात्र बनाएको अवस्थामा क्रिजमा आएका गुल्सन झाले २० बलमा ५० रन हान्दै नेपालको स्कोर उकासेका छन् ।

उनले २० बलको सामना गर्दा ४ छक्का र ५ चौकाको मदतमा ५० रन पुरा गरेका हुन् ।

उनले रोहित पौडेलसँग राम्रो साझेदारी गरिरहेका छन् । नेपालको स्कोर १६ ओभरमा ४ विकेटको क्षतिमा १२८ रन रहेको छ ।