images

प्राइम बैंकले जाजरकोट भूकम्पप्रभावितलाई २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले जाजरकोट भूकम्पप्रभावितलाई २५ लाख ५१ हजार सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको घटनाप्रति प्राइम कमर्सियल बैंकले दुःख व्यक्त पनि गरेको छ ।