images

विश्वकप पुगेको नेपाली क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने क्यानको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानले जनाएको छ ।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको क्यानले जनाएको छ ।