
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको हो ।
बिगतमा मौसम खराब हुँदा जहाज होल्ड हुने गरेको भए पनि अहिले भने काठमाडौंमा हवाई ट्राफिक चापका कारण जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो ।
जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर गरेको छैन ।
पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ । यसै कारण सफा मौसममा पनि जाम भएको विमानस्थलले जनाएको छ ।