images

दराजको बिगेस्ट सेल अफर ‘११:११’ सार्वजनिक, हरेक ११ मिनेटमा १ जनालाई उपहार

काठमाडौं । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११:११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ ।

कम्पनीको अनुसार २५ कात्तिकदेखि सुरु हुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउनेछन् ।

यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, १० हजार रूपैयाँसम्मको मेगा भौचर, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ९९९ रूपैयाँभन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरुले सीजी ब्राण्डको वासिङ मेसिन जित्ने मौका पनि समावेश छ ।

साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम २ हजार रूपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम २ हजार ५०० रूपैयाँ छुट प्राप्त गर्नेछन् ।

दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको ११:११ सेल अफर ग्राहकहरूका लागि सेल मात्र नभएर उत्साह र उमङ्ग पनि भएको बताइन् । यस वर्षको ११:११ सेल अफरबाट ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरुले धेरैभन्दा धेरै लाभ लिन सक्ने उनको विश्वास छ ।

यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरुले साथ दिएका छन् । यो वर्षको सेलमा अल्टिमा लाइफस्टाइल, मसल बलेज, हाडा लाबो, भ्यासलिन्, सेटाफिल, गोल्डस्टार, वाउ स्किन साइन्स र जुभारा ब्रान्डहरू दराजसँग डाइमण्ड पर्टनरको रुपमा आवद्ध छन् । यसका साथै हाई फ्युचर, फिलिप्स, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म, र फ्यान्टेकहरु दराजसँग गोल्ड पार्टनर्सको रुपमा आवद्ध रहेको उनले बताइन् ।

दराजको ११:११ सेलमा नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक,ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकहरुले साझेदारी गरेका छन् ।

यो बाहेक दराजले डिजिटल वालेट आईएमई पेसँग पनि सहकार्य गरेको छ। २५ कात्तिक राति १२ बजेदेखि १२:३० बजेसम्म आईएमई–पे द्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत अधिक्तम ५०० रूपैयाँ र बिहान ८ बजेदेखि ८:३० सम्म १५ प्रतिशत अधिक्तम २५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उत्साहले भरिएको यो सेलमा उमङ थप्न गायिका सुवानी मोक्तानले २४ कात्तिक राति १० बजे दराज लाइभ मार्फत कार्यक्रम सञ्चालन गर्नेछिन् । यो कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नेत्तरहरु समावेश छन् जहाँ दर्शकहरुले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।