images

एनसेलको बम्पर उपहार : विराटनगर, हेटौडा र धनगढीका तीन जनाले जिते स्कुटर

काठमाडौं । एनसेल आजियटा लिमिटेडले ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रमका बीच विराटनगर, धनगढी र हेटौंडामा स्कुटर हस्तान्तरण भएको कम्पनीले जनाएको छ ।

विराटनगरस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रमा अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई पुरस्कार बापत स्कुटर हस्तान्तरण गरेकी छन् ।

त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमाकुमारी खराललाई स्कुटर हस्तान्तरण गरेकी हुन् ।

एनसेल सेन्टर हेटौंडामा एनसेलका प्रोडक्टस् डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई बम्पर पुरस्कार हस्तान्तरण गरे ।

कम्पनीका अनुसार ३१ भदौदेखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो ।