images

तीन महिनामा साढे ३ खर्ब रेमिट्यान्स भित्रियो, वृद्धिदर ३० प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।