ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

विश्वकपको उपाधि जित्न अष्ट्रेलियाले ३०० बलमा २४१ रन बनाउनुपर्ने

विश्वकपको उपाधि जित्न अष्ट्रेलियाले ३०० बलमा २४१ रन बनाउनुपर्ने


काठमाडौं । विश्वकप क्रिकेटको उपाधि जित्न अष्ट्रेलियाले २४१ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई जितको लागि २४१ रनको मध्यम लक्ष्य दिएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

कोहली ५४ र राहुल ६६ रनमा आउट भए । साताैं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए ।

यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भएका थिए । श्रेयश ऐयर ४ रन बनाउँदै आउट भएका थिए ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिएका थिए । कप्तान प्याट कमिन्सले २ विकेट लिएका थिए ।