
काठमाडौं। नेपालले चार महिनाको अवधीमा १२ अर्ब ३७ करोडको विजुली भारततर्फ निर्यात गरेको छ।नेपाल विधुत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।
साउन महिनामा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरिएको नेपाल विधुत प्राधिकरणले जनाएको छ।
नेपालले विद्युत् निर्यात गर्दा व्यापारघाटा कम गरेको प्राधिकरणले जनाएको छ ।