images

चोभार सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा पाँच वर्षका लागि निजी कम्पनीलाई ठेक्का

काठमाडौं। काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिईएको छ। बन्दरगाह पाँच वर्षका लागि २ करोड ८८ लाख रुपैयाँमा ठेक्का दिईएको हो।

बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति दिएको हो ।

उक्त कम्पनीले सरकारलाई ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने छ । विकास समितिले आह्वान गरेको ग्लोबल टेण्डरबाट बन्दरगाह सञ्चालनका लागि २ वटा कम्पनीले आवेदन दिएकामा नेपाल फ्रेट सर्भिस जेभीले उच्च मूल्य बोलकबोल गरेको थियो ।

टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम सुख्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणाली मार्फत् छनोट भएको विकास समितिले जनाएको छ । यो परियोजना विश्व बैंकको १ अर्ब ६७ करोड ऋणमा बनेको हो ।