images

दुर्गा प्रसाई र युवा संघको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा

काठमाडौं। नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं लक्षित गरेर सरकारले काठमाडौं उपत्याको सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस अघि नै विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको थियो।
सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीमा रहेका छन।

अप्रिय घटना हुन नदिनका लागि सरकारले ड्रोन मार्फत निगरानी गरिरहेको जनाईएको छ।आज (विहिबार) युवा संघले तीनकुने र प्रसाईले बल्खुमा विरोध प्रदर्शन गर्दैछन।