images

धरपकड र नजरबन्द जस्ता घटनाहरु मौलिक हक विरुद्ध छ, सरकारले आफूलाई सच्याओस्ः अध्यक्ष लिंङ्देन

काठमाडौं। रााष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिंङ्देनले शुक्रबार काठमाडौंमा प्रहरीले गरेको धरपकट र नजरबन्दको विरोध जनाएका छन। अध्यक्ष लिंङ्देनले सामाजिक सञ्जाल ट्विट मार्फत त्यसको विरोध जनाएका छन।

उनले जनताको मौलिकहक विपरित शान्तिपूर्ण ढंगले हिँडडुल गरेकाहरुमाथि सरकारले धरपकड गरेको भन्दै त्यसको आलोचना गरेका हुन। उनले ट्विट मार्फत लेखेका छन, शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन।धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफुलाई तत्काल सच्याओस ।

प्रहरीले शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उनकै घरमा नजरबन्द गरेको थियो भने उनको समर्थका लागि भेलामा उपस्थित हुन गएका समर्थकहरुलाई तीनकुनेबाट धरपकड गरि पक्राउ गरेको थियो।