images

म प्रधानमन्त्री हुन चाहेकै हो सकिन् तर केही गुनासो छैन-थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री हुने प्रत्येकले भारी बोकेको बताए। आफू प्रधानमन्त्री बन्न खोजेको भए पनि सफल नभएको अभिव्यक्ति दिएका छन।

आईतबार नेपाली गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै गर्दै महामन्त्री थापाले भने,‘प्रधानमन्त्री हुने प्रत्येकले ठूलो भारी बोकेको छ। ठूलो जिम्मेवारी बोकेको छ। त्यो जिम्मेवारी पूरा गर्नुपर्छ उनले भने,‘म प्रधानमन्त्री हुन चाहेकै हो। मैले त्यो पाइन। सकिन् केही गुनासो छैन।’ गणतन्त्रमा गणतन्त्रका बारेमा प्रश्न गर्न पाउने उद्घोष गरेका छन्।

उनले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउँदा समातेर प्रहरी हिरासतमा राख्ने गरेको स्मरण गर्दै गणतन्त्र त्यो भन्दा फरक भएको जिकिर गरे।

महामन्त्री थापाले भने,‘गणतन्त्रमा गणतन्त्रैका बारेमा प्रश्न गर्न पाईन्छ। गणतन्त्र मलाई चाहिदैन भन्न पाईन्छ। गणतन्त्र म फाल्छु भन्न पाईन्छ। गणतन्त्र ल्याउने नेताहरु खराब हुन भन्न पाईन्छ उनले भने,‘त्यो मुख थुन्ने कोशीस भएको छ। कहिले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएको छ।कहिले बाटोमा हिँडिरहेको मान्छे समातिरहेको छ। के विति आएको सरकार?’ नेता थापाले सरकारको उक्त फर्मुला काम नलाग्ने चेतावनी दिए।

उनले कांग्रेसले प्रष्ट हुनु पर्ने बताउँदै जनताले आफ्ना कुरा निर्वाद भन्न पाउनु पर्नेमा जोड दिए। उनले सरकारले बोल्न पाउने हकको रक्षा गर्नु पर्नेमा जोड दिए। महामन्त्री थापाले नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी राज्यको भएको बताउँदैं कसैले संविधान र कानुनले नदिएको काम गर्नु पर्ने बताए।

उनले सहकारी लघुवित्तको २०लाख भन्दा कम ऋण मिनाहा हुन्छ भनेर काठमाडौं गएकाहरुलाई कांग्रेसले त्यसबारे बुझाउन सक्नु पर्ने बताए। फरक प्रशंगमा बोल्दै उनले उत्तेजना र चेतनाको राजनीति फरक हुने बताए।