images

रास्वपा केन्द्रीय कार्यसमितिको बैठक भाेलिबाट महाेत्तरीमा बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक (भाेलि) सोमबारदेखि सुरू हुने भएको छ ।

र्बैठक महोत्तरीको जलेश्वरमा बस्ने रास्वपाले जनाएको छ । महामन्त्री मुकल ढकालका अनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार गरी तीनदिनसम्म चल्नेछ । रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो ।

बैठकमा सातै प्रदेशका सभापतिहरूको समेत सभागिता रहने बताइएको छ । केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ ।

बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा हुने रास्वपाले जनाएको छ। त्यस्तै महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अबलम्बन गर्ने नीतिका बारेमा पनि संयुक्त बैठकमा छलफल हुने बताइएको छ ।