images

२५ लाख माथिको कर्जामा प्यान अनिवार्य

काठमाडौं । २५ लाख माथिको हायर पर्चेज कर्जाको हकमा स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गरी २५ लाख माथिको कर्जामा प्यान नम्बर अनिवार्य गरेको हो ।

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने भनिएको छ । साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख वा प्रबन्ध सञ्चालकको शैक्षिक योग्यता समेत तोकेको छ । अब हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख हुन स्नातक गरेको हुनुपर्ने छ ।