images

मंसिर १४ देखि १८ सम्म काठमाडौंमा अन्तराष्ट्रिय व्यापार मेला हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ आयोजना गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी गराएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए । मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मदत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरुको एकै ठाउँमा भेट हुने माध्यम बन्ने महासंघको विश्वास छ ।

मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरु रहने जाइएको छ । मेलामा २१० वटा स्टलहरु मार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ ।