images

नेपालबाट एनसेलको लगानी झिक्ने एक्जियटाकाे निर्णय

काठमाडौं। एनसेलको मुख्य कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एक्जियटाको सञ्चालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ । नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दिर्घकालिन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास एक्जियटाले गरेको छ।

८ वर्ष अगाडी एक्जियटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो। त्यसपछि पूँजीगत लाभकर विवाद हुँदा कम्पनीले अर्वौ कर समेत नेपाल सरकारलाई तिरेको थियो । एनसेलमा मलेसियाको एक्जियटाको ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।