images

सुनको नयाँ रेकर्ड कायम,१ लाख २१ हजार बढीमा कारोबार

काठमाडौं। सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ। सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आइतबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय ४५ रुपैयाँ रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ नै थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो ।