काठमाडौं। सन् २०२४ को कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा आयोजना हुने भएको छ ।दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिताका लागि १४ शहर सार्वजनिक गरेको हो । फाइनल खेल फ्लोरिडाको मायामी गार्डेनसस्थित हार्ड रक स्टेडियममा हुनेछ ।
पहिलो सेमिफाइनल न्यू जर्सीको मेटलाइफ स्टेडियममा सञ्चालन गरिनेछ । अर्को सेमिफाइनल नर्थ क्यारोलिनामा रहेको बैङ अफ अमेरिका स्टेडियममा हुनेछ । क्वाटरफाइनलका खेलहरु आर्लिङटन, हस्टन, लास भेगस र ग्लिनडेलमा गरिने महासंघले जनाएको छ । आगामी जुन २० देखि जुलाइ २४ सम्म हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।
यो पटक दक्षिण अमेरिकाभन्दा बाहिरका ६ टिमले सहभागिता जनाउने छन् । ६ टिम उत्तर अमेरिका र क्यारेबियन हुनेछन् । प्रतियोगिताको उद्घाटन खेल जर्जियाको मर्सिडिज बेन्ज स्टेडियम, एटालान्टामा हुने छ । खेलको तालिका आगामी बिहीबार सार्वजनिक हुनेछ । अर्जेन्टिना साविक विजेता हो ।
सन् २०२१ मा घरेलु टोली ब्राजिललाई पराजित गर्दै लियोनल मेसीको टोलीले २८ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको थियो ।