images
images

सर्वाेच्चमा सिफारिस न्यायाधीशको सुनुवाई मंसिर २७ गते हुने

काठमाडौं। सर्वाेच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशहरुको संसदीय सुनुवाई यहि मंसिर २७ गते हुने भएको छ। विहिबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वाेच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशहरुको सुनुवाई मंसिर २७ गते गर्ने निर्णय गरेको हो।

न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरु विरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेको समितिले जनाएको छ।

उजुरीकर्तांसँग २४ गते छलफल गर्ने र त्यसको तीन दिन पछि मात्रै सिफारिस भएका न्यायाधीशहरुसँग छलफल गर्ने समितिले जनाएको छ। यस अघि उजुरीकर्ताहरुसँग छलफल भएकै दिन न्यायाधीशहरुसँग छलफल गरि अनुमोदन गर्ने गरेको थियो। यसअघिको समितिको बैठकमा एकैदिन नगर्ने सहमति अनुरुप यसपटक सुनावाई सारिएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS