images

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं। भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट ३३८ किलोमिटर टाढा भूकम्प गएको छ ।

तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो ।

नोभेम्बरमा उत्तरी भानुआतुमा ६ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो। वार्षिक विश्व जोखिम प्रतिवेदन अनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशमध्ये एक हो ।