काठमाडौं। एसिसी यू १९ एसिया कपमा नेपालका तर्फबाट हेमन्त धामीले अफगानिस्तानविरूद्ध लगातार दुई विकेट लिएका छन्।
उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिएका हुन्।
खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भएका हुन्।
यसअघि दोस्रो ओभरमै गुल्सन झाले अफगानिस्तानका ओपनर अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्।