images
images

भारतीय सीमानाकामा एक नेपाली युवक माथि गोली प्रहार

काठमाडौं। भारतीय सीमानाकामा एक नेपाली युवकमाथि गोली प्रहार भएको छ। भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको हो । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS