images

कांग्रेस संस्थापन इतर पक्षको बैठक सर्‍यो

काठमाडौं ।मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो । इत्तर पक्षको बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक सारिएको बुझिएको छ । महामन्त्री थापाले मंगलबारका लागि बारामा आफ्नो निर्धारित कार्यक्रम रहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने बताएका थिए ।

नेता अरजुनरसिंह केसीले सत्तापन इतर पक्षलाई सामुहिक ढंगले अगाडि बढाउन बुधबारका लागि बैठक सारिएको बताए । १५ औं महाधिवेशनमा सभापतिको तयारीमा रहेका नेता कोइराला र महामन्त्री थापाको सम्बन्ध समधुर भने छैन । केन्द्र र प्रदेशको मन्त्री छनोटमा पनि नेता कोइराला र महामन्त्री थापाबीच विवाद देखिएको थियो ।

नेता कोइरालाले सभापति शेरबहादुर देउवासँग समूहगत भन्दा पनि व्यत्तिगत डिल गरिरहेको थापाको आरोप थियो । कांग्रेसका ९ जना मन्त्री संघीय सरकारमा पुग्दा समेत महामन्त्री गगन थापा ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहेका थिए ।