images

भारत विरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

काठमाडौं। एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।टस जितेको भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल र भारतबीचको खेल अहिले केही बेरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुँदैछ। नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनु पर्नेछ छ।

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।