images

अर्थमन्त्रालयका ६ सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ । सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ भने शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्वमा पठाइएको छ ।

त्यस्तै सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् । पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । सहसिचव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा पठाइएको छ ।