images

करिब आधा किलो सुन सहित दुई जना पक्राउ

काठमाडौं। मकवानपुरबाट करिब आधा किलो सुनसहित दुई जना युवा पक्राउ परेका छन्।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनसहित २ जनालाई शुक्रबार बिहान मकवानपुर पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्।

चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्राम सुनका गहना र सुनको ब्रास्लेट ९ थान सहित ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।