images

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो ।

त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । अहिले चीनको केरुङ हुदै प्याज आयात भईरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ ।

संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकृया पुरा भइसकेको छ ।