images

करिब चार क्विन्टल गाँजा सहित चितवनबाट दुई जना पक्राउ

काठमाडौं । करिब ४ क्विन्टल गाँजासहित चितवनबाट २ जना भारतीय नागरक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको ट्रकबाट २८ वटा पोकामा प्याक गरी भारत लैजान लागेको ३९६ किलो गाँजा बरामद गरेको हो ।

वीरगञ्ज नाका हुँदै भित्रिएको जेएच ०२ डब्लु ९६३१ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकबाट गाँजा बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार उक्त ट्रक भारतबाट खाली आइ मकवानपुरको मनहरी जंगल क्षेत्रमा केहीबेर हराएको थियो ।

सोही समयमा मकवानपुरको पहाडी भेगबाट झारिएको गाँजा लोड गरिएको अनुमान प्रहरीको छ । चितवन प्रहरीले भारतको उत्तर प्रदेशअन्तर्गत सम्बल जिल्ला बैजई थाना पूरा गाउँ घर भएका ४५ वर्षका गाडी चालक अनिल गिरी र सम्बल जिल्लाकै केलादेवी थाना अपावती कुतवपुर घर भएका ३७ वर्षका राजपाल सिंह र गाँजा लोड गरिएको ट्रकसमेतलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।