images

प्रदेशलाई अधिकार नदिए हामी नै सिंहदरबार घेर्न जान्छौं: विश्वप्रकाश शर्मा

प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र बागमतीमा समेत एउटै गुनासो सुनेको भन्दै शर्माले प्रदेशले युरेनियम र हिरामोती नमागेको बताए ।

‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देउ भनेको हो, होइन । अन्तरिक्ष यान मागेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन, त्यो दिन नसकिने कारण के छ रु’ शर्माले प्रश्न गरे ।

निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरुसँगै आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन् ।

‘आज प्रधनमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं’, उनले भने । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ ।