
काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।
आइतबार बसेको न्याय परिषदको बैठकले कुँवर उच्च अदालत पाटन र पौडेल पोखराका लागि नियुक्त गरेकाे हाे । यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गरेका थिए । त्यस्तै परिषद बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई नेपालगन्ज इज्लासमा सरुवा गरेको छ ।
त्यस्तै न्यायपरिषद्ले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्र बहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।
न्याय परिषद्का निर्णयहरु हेर्नुहाेस्
