images

सेयर बजार नेप्से परिसूचकमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१ दशमलव ०३ अंक घटेर २ हजार ८८ दशमलव ०७ विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि सुरु भएको करेक्सनले यस दिन पनि निरन्तरता पाएको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ५ दशमलव २९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १६ अंक घटेको हो ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । गत बिहिबार ६ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटे पनि एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।

जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ । कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव ८९ प्रतिशत घटेको छ ।