काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको राजीनामाको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । सोमबार विभिन्न हिन्दु धार्मीक संघ संगठनहरुको अगुवाईमा मन्त्री किराँतीको राजीनामा माग सहित विरोध प्रदर्शन भएको हो।

विभेदकारी लाई कार्बाही गर, सुदन किराँतीलाई मन्त्री पदबाट वर्खास्त गर, क्रिश्चेन नमान्नेलाई जेल कोच्छौं भन्ने माओवादी मन्त्री राजीनामा दे लगायतका विरोध सहितका स्लोगन लेखेका प्लेकार्ड सहित वृहत प्रदर्शन भएको थियो ।




स्पेस समाचार







