images

सुनको नयाँ रेकर्ड,१ लाख २२ हजारमा कारोबार

काठमाडौं । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । विहिबार सुनको भाउ प्रति तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । विहिबार भने तोलामै १ हजार ३ सय रुपैयाँ वृद्धि भएको हो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।