images

हेटौंडाको मानव आश्रममा आश्रित दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा मानव आश्रममा दुई जनाको मृत्यु भएको छ । हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक पेटीमा उद्धार गरी ल्याएर आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया(३ हात्तिसुँडेस्थित बाटोबाट बेवारिसे अवस्थामा उद्धार गरी ल्याइएका २५ वर्षीय अमित विकको मृत्यु भएको हो । पूजाको वि.स. २०७६ मा बागलुङको सडकपेटीबाट उद्धार गरेर आश्रममा ल्याएको थियो ।

पूजाको मंगलबार र अमितको विहिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको प्रहरीको अनुमान रहेको छ ।