images

कांग्रेसले बनायो राष्ट्रिसभा उम्मेद्वारका लागि मापदण्ड

काठमाडौं।नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीवारबाट सुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठक सकिएपछि शनिवार बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताएका छन् ।

उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि जानकारी दिए ।

नेता विश्वकर्माले बैठकले परिवर्तन भएको महासमितिको बैठकको मिति अनुमोदन गरेको छ । त्यस्तै समुदायमा काँग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताउनु भयो ।

बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाईतेहरुको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।